मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २९ आइतबार
  • Sunday, 13 July, 2025
२o८२ असार २९ आइतबार १८:३o:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

फुङफुङे झरना पर्यटन महोत्सवबाट सात लाख बचत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २९ आइतबार १८:३o:oo

ताप्लेजुङको फुङफुङेमा गत मंसिर पहिलो साता सञ्चालित अध्यक्ष कप तथा फुङफुङे झरना पर्यटन महोत्सवको आय-व्यय सर्वजनिक गरिएको छ। आयोजकले सो महोत्सवमा ७ लाख रुपैयाँभन्दा बढी बचत भएको जनाएको छ।

महोत्सव आयोजक कमिटीका अध्यक्ष विजय साँवा लिम्बूले आइतबार फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा २३ लाख ९८ हजार रुपैयाँ खर्च भएको बताए। महोत्सवमा १ लाख ५२ हजार रुपैयाँ नगद बचत गरेको तथा समितिले ५ लाख ५० हजार रुपैयाँबराबरको संस्थालाई आवश्यक विभिन्न सामग्रीसमेत खरिद गरेको जानकारी दिए।

समितिका कोषाध्यक्ष सुकबहादुर लिम्बूले महोत्सव सञ्चालनका लागि सहयोग रकम कबोल गरेकाहरूबाट २ लाख १६ हजार रुपैयाँ संकलन गर्न बाँकी रहेको बताए। उक्त रकम संकलन हुँदा बचत रकम करिब ९ लाख रुपैयाँ हुने महोत्सव मूल आयोजक समितिले जनाएको छ।

कोषाध्यक्ष लिम्बूका अनुसार कुल २५ लाख ५० हजार आम्दानी भएकोमा संस्थाका लागि आवश्यक पर्ने ५ लाख ५० हजारबराबरको सामग्री खरिद गरिएको छ।

मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले धेरै महोत्सवमा रकम नपुगेर समस्या हुने गरेपनि फुङफुङे झरना पर्यटन महोत्सवबाट केही रकम बचत भएको थाहा पाउँदा खुसी लागेको बताए।