
स्रोत नखुलेको विदेशी मुद्रासहित एक युवक विमानस्थलबाट पक्राउ परेका छन् । थाई एयरवेजको उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका नागार्जुन नगरपालिका–१५, कारखाना चोक बस्ने ४६ वर्षीय प्रेम गुरुङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उनको झोलाबाट १३ हजार युरो, २३ हजार ५ अमेरिकी डलर, ६ हजार स्विस फ्रेंक र १० हजार ८ सय ७० थाई भाट फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान एवं कारबाहीको लागि उनलाई राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।