मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २९ आइतबार
  • Sunday, 13 July, 2025
२o८२ असार २९ आइतबार o६:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुदूरपश्चिमका सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २९ आइतबार o६:१७:oo

सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा रेबिजविरुद्धको खोप (एआरभी) अभाव भएको छ । सरकारी अस्पतालमा करिब दुई महिनायता रेबिजविरुद्धको खोप उपलब्ध छैन ।

सरकारीमा नि:शुल्क पाइने एआरभी खोप निजी अस्पताल र मेडिकलमा सेवाग्राहीले प्रतिभाइल साढे ६ सय रुपैयाँभन्दा बढी मूल्य तिरेर लगाइरहेका छन् । कतिपय पहाडी क्षेत्रमा निजी स्वास्थ्य संस्थामै पनि खोप सहज पाइँदैन । प्रदेशभरि एआरभी खोपको आपूर्ति गर्दै आएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा करिब दुई महिनायता खोप मौज्दात छैन ।

केन्द्रका सूचना अधिकारी जितेन्द्र बोगटीले केन्द्रबाट खोप नआएकाले स्वास्थ्य संस्थालाई वितरण गर्न नसकिएको बताए । ‘स्वास्थ्य संस्थाबाट एआरभी खोपको माग आइरहेको छ, तर मौज्दात नभएकाले पठाउन सकेका छैनौँ,’ उनले भने, ‘सबैजसो स्वास्थ्य संस्थामा यो खोप अभाव छ ।’

केन्द्रका अनुसार सुदूरपश्चिमभरिका ३० वटा सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप सेवा सञ्चालनमा छ । रेबिजविरुद्धको खोप लगाउन आउने सेवाग्राहीको बढी चाप हुने धनगढीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा करिब डेढ महिनायता खोप छैन ।