
इंल्याण्डबिरुद्धको दोस्रो टेष्ट खेलमा भारत विजयी भएको छ। पाँच खेलको श्रृङखला अन्र्तगत पहिलो खेलमा पराजित भएको भारतले दोस्रो खेलमा ३३६ रनको सानदार जित निकालेको हो।
भारतले इंल्याण्डलाई ६०८ रनको लक्ष्य दिएकोमा इंल्याण्ड २७१ रनमा समेटियो। बलिङतर्फ भारतका युवा बलर आकाश दिप एक्लैले ६ विकेट लिए।
बघिंगममा भारतले पहिलोपटक टेष्ट खेल जितेको हो। नयौं प्रयासमा भारतले यहाँ जित निकालेको हो । भारतका नयाँ कप्तान शुमभन गिलका लागि पहिलो जित ऐतिहासिक बन्यो।
यो खेलमा कप्तान गिल र भारतका लागि धेरै रेकर्ड बनेका छन् । यही खेलमा भारतले एग्रिगेटमा अहिलेसम्मकै धेरै रनको रेकर्ड पनि बनायो। पहिलो इनिङमा ५८७ तथा दोस्रो इनिङमा ४२७ गरी भारतले १०१४ रन बनाएको हो । जून अहिलेसम्मकै धेरै रन हो।
विदेशी भूमिमा रनका दृष्टिकोणले भारतको सबैभन्दा ठूलो अन्तरको जित पनि हो।
एउटै खेलमा सर्वाधिक रन बनाउने रेकर्ड पनि यो खेलमा तोडिएको छ । कप्तान गिलले यो खेलमा एक्लै ४३० बनाए । उनले पहिलो इनिङमा २६९ तथा दोस्रो इनिङमा १६१ रन बनाएका थिए। क्रिकेट इतिहासमा हालसम्म दुई खेलाडीले मात्र एउटै खेलमा दुईपटक १५० भन्दा धेरै रन बनाएका छन्। यसअअघि अलेन बोर्डरले मात्र यस्तो रेकर्ड बनाएका थिए।
यही श्रृङखलाबाट गिलले भारतको टेष्ट टिमको कप्तानी सुरु गरेका हुन्। पहिलो खेलमा भारतले उत्कृष्ट ब्याटीङ गर्दा पनि बलिङ अनपेक्षित रुपमा कमजोर हुँदा पराजित हुन पुगेको थियो।
गिलले भने दुवै खेलमा उत्कृष्ट ब्याटीङ गरेका छन्। पहिलो खेलमा पनि उनले शतक प्रहार गरेका थिए। कप्तानी सुरु गरेपछि गिलले दुई खेलमा ५८२ रन जोडिसकेका छन्। उत्कृष्ट सुरुवातसँगै उनले क्रिकेटका धेरै रेकर्ड तोड्ने विश्लेषण गरिएको छ। यो श्रृङखलाअघि गिलको टेष्ट खेलमा औसत ३५.०५ रहेकोमा दोस्रो खेल सकिदा ४२.७२ पुगेको छ।