१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १९:४५:oo
Read Time : < 1 मिनेट
प्रदेश

बागमतीको बजेटमा पूरक प्रस्ताव दर्ता, अब प्रदेश सभा बैठक सञ्चालन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४५:oo

बागमती प्रदेशको आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमाथि देखिएको विवाद समाधानतर्फ अघि बढ्दै गर्दा सरकारले बजेटको पूरक प्रस्ताव दर्ता गरेको छ। शनिबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत पूरक प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरिएको हो।

बजेट निर्माणका क्रममा छुटेका योजना र कार्यक्रम समेटेर तयार पारिएको पूरक प्रस्तावमा एक हजार पाँच सयभन्दा बढी योजना समावेश गरिएको सचिवालयले जनाएको छ ।

यद्यपि, प्रस्तावमा छुट्टै बजेटको रकम भने उल्लेख छैन । सभामुख भुवनकुमार पाठकले पूरक प्रस्ताव दर्ता भएको पुष्टि गर्दै अब संसद् बैठक अगाडि बढ्ने जानकारी दिए ।

मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको सचिवालयका अनुसार पूरक प्रस्तावमा अर्थ विविधको बजेट, दोहोरिएका कार्यक्रम, चालूतर्फको अनुदान, एनजिओमार्फत वितरण गरिएका कार्यक्रम र अनधिकृत रूपमा समावेश गरिएका योजनाहरू कटौती गरेर कार्यान्वयन अघि बढाउने तयारी गरिएको छ ।

यससँगै केही दिनदेखि पटक-पटक स्थगित हुँदै आएको प्रदेश सभा बैठक अब सञ्चालनमा आउने भएको छ। शनिबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक समयमै नबसी ३ बजेका लागि सारिएको थियो । त्यसपछि ५ बजेसम्मको सूचना टाँसी स्थगित गरिएको बैठक फेरि ६ :३० बजेका लागि बोलाइएको थियो ।

अब केहीबेरमै बैठक सुरु भई विनियोजन विधेयक र पूरक प्रस्ताव पेस हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । विपक्षी दलहरूले बजेटको कमजोरी औँल्याउँदै पूरक प्रस्तावको माग गरेपछि सरकारले बाध्यात्मक रूपमा प्रस्ताव दर्ता गरेको हो।