१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २० शुक्रबार १८:१५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार १८:१५:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

बेलायत–नेपाल चेम्बर अफ कमर्स र नेपाल दूतावास लन्डनको संयुक्त आयोजनामा लन्डनमा आयोजित कार्यक्रममा ढकालले जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू रहेको बताउँदै बेलायती व्यवसायीहरूलाई लगानीका लागि आग्रह गरेका हुन्।

नेपाल र बेलायतबिचको आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित लन्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा दुवै देशका व्यापारी, लगानीकर्ता र समुदायका प्रतिनिधिहरूको सहभागिता थियो।

कार्यक्रमलाई विशेष सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाल र बेलायतबिच दुई सय वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध रहेको, गोरखा सैनिकहरू भर्ती, विकास सहयोग, शिक्षा र व्यापारमा बेलायतको ठसलो योगदान रहेको चर्चा गर्दै दुई देशबिचको यो सम्बन्धलाई व्यापार र लगानीमार्फत थप उचाइमा पुर्‍याउनुपर्ने बताए।

नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको चर्चा गर्दै उनले  नेपालको रणनीतिक भौगोलिक अवस्थिति, युवा र दक्ष जनशक्ति, कम श्रम लागत र विस्तार भइरहेको मध्यम वर्गले लगानीमैत्री वातावरण निर्माण गरेको उल्लेख गरे।

सूचना प्रविधिमा नेपाली युवाको सिप र दक्षताले नेपाललाई आउटसोर्सिङ र डिजिटल सेवाको प्रतिस्पर्धी हब बनाउन सकिने बताउँदै उनले लगानीकर्तालाई नेपालमा लगानीका लागि आवश्यक सहजीकरण र स्थिर वातावरण प्रदान गर्न महासंघ प्रतिबद्ध रहेको आश्वासन दिए।