१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format o९:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभा बैठक आज बस्दै, बजेटमाथि छलफल सुरु हुने अपेक्षा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१३:oo

बागमती प्रदेशको आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमाथि छलफल गर्न प्रदेश सभा बैठक आज (बिहीबार) बस्दै छ। बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । लगातार दुईपटकसम्म बोलाएर बस्दै नबसी सारिएको बैठक आज बस्ने अपेक्षा गरिएको छ। १ असारमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि यसअघि असार १२ र १६ गते बजेटमाथिको छलफलका लागि प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर, दुवैपटक बैठक एकपटक पनि बस्दै नबसी आजका लागि सारिएको हो । बैठक सत्तासाझेदार दलका सांसदहरूले नै विरोध गर्ने भएपछि स्थगित गरिएको थियो ।

मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ नेतृत्वको प्रदेश सरकारले प्रस्तुत गरेको ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेटप्रति सत्तारूढ दलकै सांसदहरूले असन्तुष्टि जनाउँदै आएका छन् । कांग्रेस र एमालेका सांसदहरूले नै विकास योजनाको वितरण असमान भएको भन्दै आलोचना गरेका हुन्। कांग्रेस सांसदहरू सरकारको प्राथमिकता प्राप्त योजना बजेटमा नपरेको गुनासो गर्दै आएका छन् भने एमाले सांसदहरूले योजना छनोट प्रक्रिया पारदर्शी नभएको भन्दै आन्तरिक असन्तोष व्यक्त गरेका छन् । 

प्रदेश सभा सञ्चालनका लागि मुख्यमन्त्री लामाको प्रयास जारी
बागमती प्रदेशकाे आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल अनिश्चित बनेको अवस्थामा मुख्यमन्त्री बाहदुरसिंह लामा तामाङले प्रदेश सभा सञ्चालनका लागि राजनीतिक कसरत जारी राखेका छन् । असार १८ गतेसम्ममा सत्तासाझेदार दलहरूसँगको लगातार छलफलपछि बुधबार साँझ कार्यव्यवस्था परामर्श समितिले संसद् सञ्चालनको तालिका तय गरेको छ ।

मुख्यमन्त्री लामाले सोमबारदेखि नै सत्तागठबन्धनमा रहेका दल र विभागीय मन्त्रीहरूसँग छलफल थालेका थिए। मंगलबार र बुधबार दिनभर सत्तासाझेदार एमाले र आफ्नै पार्टी कांग्रेसका मन्त्रीहरू तथा शीर्ष सांसदहरूसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ। मुख्यमन्त्री लामाले बुधबार सभामुख भुवनकुमार पाठकसँग पनि परामर्श गरेका थिए। 

सोही दिन साँझ बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले असार २४ गतेसम्म प्रदेशसभा सञ्चालन गर्ने कार्यतालिका तय गरेको छ । समितिमा राप्रपा र माओवादी केन्द्रका एक–एकजना सांसद सहभागी थिए । सभामुख पाठकका अनुसार असार १९ गतेबाट निरन्तर संसद् बैठक सञ्चालन गर्दै २४ गतेभित्र बजेटमाथिको छलफल टुंग्याएर पारित गर्ने र संसदमा दर्ता भएको संकल्प प्रस्तावहरूसमेत अघि बढाउने सहमति भएको छ ।

बिहीबार १० बजे सर्वदलीय बैठक आह्वान
यसैबिच, बजेटमा देखिएको असहमतिलाई टुंग्याउँदै प्रदेश सभा बैठक सञ्चालनका लागि बिहीबार सर्वदलीय बैठक बस्ने भएको छ । सहमतिका लागि पहलस्वरूप बिहीबार बिहान १० बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमाथिको छलफल असार १२ गतेदेखि रोकिएको छ । 

सत्तासाझेदार दलहरूबिच सहमति नजुट्दा संसद् बैठक स्थगित हुँदै आएको हो । उक्त जटिलता हल गर्न मुख्यमन्त्री लामाले मंगलबार र बुधबार एमाले संसदीय दलका नेतासँग छलफल गरेका थिए । बिहीबार बस्ने सर्वदलीय बैठकमा बजेटमाथि उठेका विवाद समाधान गरी संसद् सञ्चालनको मार्ग पहिल्याउने तयारी हुने सभामुख पाठकले बताए ।

सर्वदलीय बैठकबाट प्राप्त निष्कर्षका आधारमा संसद् पुनः सञ्चालन गर्दै बजेट पारित गर्ने सरकारको तयारी रहेको छ । मुख्यमन्त्री लामाको सक्रियताले संसद् सञ्चालन र बजेट पारिततर्फ सकारात्मक संकेत देखिएको छ ।