१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १८ बुधबार
  • Thursday, 03 July, 2025
२o८२ असार १८ बुधबार २१:१९:oo
Read Time : > 1 मिनेट
समाचार

रुपन्देहीको डिंगरनगर दूरगामी सहकारीमा तालाबन्दी

अध्यक्ष, सचिव र व्यवस्थापक सम्पर्कविहीन, १६ करोड हिनामिनाको आशंका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १८ बुधबार २१:१९:oo

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ शान्तिचोकस्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको कार्यालयमा वडा कार्यालय तथा प्रहरीको सहयोगमा तालाबन्दी गरिएको छ ।

वचत अपचलनका विषयमा अध्ययन भइरहेको अवस्थामा सहकारीका अध्यक्ष, सचिव र व्यवस्थापक सम्र्पकविहीन भएका छन् । अनियमितता तथा वचत फिर्ताका विषयमा भएको छलफल र निर्णयको माइन्यूट नै च्यातिएको अवस्थामा फेला परेपछि बुधवार कार्यालयका कागजात सुरक्षित गर्न वडा कार्यालय तथा प्रहरीको सहयोगमा सहकारीको कार्यालयमा ताला लगाइएको हो ।

सहकारीका सल्लाहकार बेलप्रसाद शर्माले बचत अपचलनको चर्चापछि केही दिनयता आन्तरिक छानबिन गर्दा अपचलन भएको पाइएको र त्यसको अनुसन्धान जारी रहेकै अवस्थामा माइन्यूट च्यात्ने काम भएको बताए । सिसिटिभी फुटेज हेर्दा सचिवले माइन्यूट च्यातेको देखिएको उनले बताए । सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक वसन्त पराजुली सम्पर्कविहीन रहेको उनले बताए । 

उच्च तहको स्वतन्त्र लेखापरीक्षक ल्याएर आन्तरिक रुपमा अध्ययन जारी रहेको अवस्थामा अहिले कति अपचलन भएको छ भन्न नसकिने उनले बताए । तर, करिब १६ करोड अवचलनको आशंका गरिएको शर्माले बताए ।    

यस सहकारीमा १८ सय सदस्य छन् । ३४ करोड निक्षेप संकलन रहेको सहकारीमा २८ करोड लगानीमा रहेको र साढे चार करोड नगद मौज्दात रहेको शर्माले बताए । सहकारीको १० देखि १२ करोड मूल्य पर्ने जग्गा रहेको साथै दुधसँग सम्बन्धित उपकरण पनि रहेको उनले बताए ।   

तिलोत्तमा वडा नम्बर ३ का अध्यक्ष कल्याण पौडेलले बचतकर्तालाई रकम अपचलन भएको थाहा पाएपछि थप कागजात र प्रमाण नष्ट हुन नदिने प्रहरीको सहयोगमा सहकारीको कार्यालयमा तालाबन्दी गरिएको बताए ।

उजुरी लिएर दाङ पुगे पीडित
सहकारीमा अनियमितता भएको पाइएपछि सल्लाहकार शर्मासहितको टोली बुधबार नै लुम्बिनी प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालय दाङमा पुगेको छ । कार्यालयका प्रमुख सुरेशचन्द्र आचार्यलाई भेट गरेर रकम अपचलन बारे अनुसन्धान गर्न आग्रह गरेको छ । आचार्यले सहकारीको अनियमितताबारेमा टोली आएको र अनुसन्धानको प्रक्रियाका बारेमा छलफल भएको बताए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले सहकारीको बचत अपचलन भएकोबारे जानकारी आएको र बचत अपचलनको गुनासो लिएर प्रहरीको सम्पर्कमा आउनेहरूलाई प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा जान सुझाव दिने गरेको बताए । सुरुमा हेर्ने निकाय सहकारी दर्ता अधिकारीको कार्यालयको भन्दै उनले त्यहाबाट पत्र आएमा  प्रहरीले अनुसन्धान गर्ने बताए ।