१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १८ बुधबार
  • Thursday, 03 July, 2025
२o८२ असार १८ बुधबार २o:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद

गण्डकी प्रदेशस्तरीय स्क्वास प्रतियोगिता सम्पन्न

पुरुषतर्फ आभान र महिलातर्फ सृष्टिकालाई उपाधि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १८ बुधबार २o:३६:oo

आभान श्रेष्ठ र सृष्टिका उदासले गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला स्क्वास प्रतियोगिता ०८२ अन्तर्गत क्रमशः पुरुष र महिलातर्फको उपाधि हात पारेका छन् ।

गण्डकी प्रदेश स्क्वास तथा र्याकेट संघको आयोजना, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धनमा पोखरा रंगशालास्थित स्क्वास र्याकेट संघको भवनमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा राउण्ड रोविनका आधारमा खेलाइएको प्रतियोगितामा तीन खेलमध्ये तीनमा नै जित हात पार्दै कुल तीन अंकका साथ पुरुषतर्फ आभानले उपाधि हात पार्दा दुई अंकका साथ राजु श्रेष्ठ दोस्रो, एक अंकका साथ नवराज श्रेष्ठ र एक गुरुङले तेस्रो स्थान हात पारे । 

यसैगरि महिलातर्फ निस्था श्रेष्ठले दोस्रो स्थान हात पार्दा करिस्मा ओली र इप्सा घिमिरे तेस्रो स्थान हात पारे । महिला पुरुष विधका विजेताले चार जनाले क्रमश आठ, पाँच र तीन तीन हजार नगद साथमा पदक र प्रमाणपत्र पुरस्कार पाए ।

विजेता खेलाडी एंव निर्णायकहरूलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, आयोजक संघका अध्यक्ष अशोककुमार रञ्जितलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा प्रदेशका ११ मध्ये पाँच जिल्लाका गरि २१ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका अध्यक्ष रञ्जितले जानकारी दिए ।