१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १८ बुधबार
  • Thursday, 03 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १८ बुधबार १९:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पहिलो हाफमै सावित्राको ह्याट्रिक, नेपाल ४–० ले अघि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १८ बुधबार १९:१६:oo

एएफसी महिला एसियन कप २०२६ छनोट प्रतियोगिताअन्तर्गत श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपालले ४–० को अग्रता बनाएको छ। बुधबार उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा सावित्राले तीन गोल गर्दा गीता रानाले एक गोल गरेकी हुन्।

खेलको सातौँ मिनेटमा गीता रानाले नेपाललाई अग्रता दिलाएकी थिइन्। अनिता बस्नेतले दिएको कर्नरमा सिक्स यार्ड बक्सभित्र अनमार्क रहेकी गीताले हेडर गोल गरेकी हुन्। खेलको २०औँ मिनेटमा नेपालले अग्रता २–० को बनायो। अनिता बस्नेतले निकालेको पासमा सावित्राले वान टचमै गोल गरिन्।

खेलको ४४औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो तथा टोलीको लागि ३–० को अग्रता बनाइन्। रश्मीकुमारीले दिएको कटब्याकलाई सावित्राले सहजै गोल गरेकी हुन्। इन्जुरी समयमा सावित्राले ह्याट्रिक पूरा गरिन्। सविता रानामगरको पासमा बक्सभित्र अनमार्क रहेकी सावित्राले उत्कृट हेडर गरेकी थिइन्।

यसअघि खेलको ३७औँ मिनेटमा कप्तान सावित्राले फ्रिकिकमा गोल गरे पनि रेफ्रीले अफसाइट दिएकी थिइन्। यसअघि प्रीति राईलाई करिब १९ यार्डमा श्रीलंकन खेलाडीले लडाएपछि नेपालले फ्रिकिक पाएको थियो।

समूह ‘एफ’को पहिलो खेलमा नेपालले लाओसविरुद्ध ९–० को जित निकालेको थियो। यता, समूहकै अर्को खेलमा बलियो उज्वेकिस्तानलाई श्रीलंकालाई १०–० ले हराएको हो। समूहको शीर्ष एक टोली आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ। नेपालको र उज्वेकिस्तानबिचको एक टिम एसिया कपमा स्थान बनाउने सम्भावना रहेको छ।