१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १८:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखराका स्पा सेन्टरबाट आठ बालिकाको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१६:oo

पर्यटनको राजधानी सहर पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड क्षेत्रमा सञ्चालनमा रहेका स्पा (मसाज) सेन्टरहरूले बालिकाको प्रयोग बन्द गर्न अटेर गर्दै आएका छन्।

स्पा सेन्टरहरूमा १८ वर्षमुनिका बालबालिकाहरूलाई काममा लगाउन नपाइने भए पनि सञ्चालकले त्यसको अटेर गर्दै उनीहरूलाई काममा लगाउने गरेको भेटिएको हो।

लेकसाइडस्थित स्पा सेन्टरहरूमा बालिकाहरूलाई काममा लगाइएको भन्ने गोप्य सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाबाट अनुगमनका लागि खटिएको संयुक्त टोलीले १८ वर्षमुनिका आठ बालिकाहरूको उद्धार गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार संयुक्त टोलीले पर्सल्यान स्पाबाट दुई, ताराहिल लज स्पा एन्ड ब्युटी केयरबाट दुई र इभेन्डर ब्युटी एन्ड स्पाबाट चार गरी आठजना बालिकाहरूको उद्धार गरेको हो।

बालबालिकाहरूलाई स्पा सेन्टरहरूले बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ विपरीत जोखिमपूर्ण व्यवसायमा लगाएको देखिएकाले उद्धार गरिएका बालिकाहरूलाई श्रम तथा रोजगार कार्यालय पोखरामा पठाइएको बस्नेतले जानकारी दिए।

सो कार्यमा संलग्न स्पा सेन्टरहरूलाई आवश्यक कारबाहीको लागि प्रक्रिया अघि बढाएको र ती स्पा सेन्टरहरूका विषयमा आवश्यक थप अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले लेकसाइडका स्पा सेन्टरहरूमा अनुगमनका क्रममा नेक्टर इको फुट स्पाबाट तीन, पञ्चासे स्पा एन्ड पार्लरबाट एक, नमस्ते वेलनेस स्पाबाट एक, सेन्टर प्वाइन्ट स्पाबाट दुई, न्यु भिजन स्पाबाट दुई, हिमालयन स्पाबाट एक र प्यारामाउन्ट स्पाबाट एक बालिकाको उद्धार गरेको थियो।