१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १o:३२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक अर्ब ३१ करोड ६४ लाखभन्दा बढी भ्याट छली गर्ने विराटनगरका व्यापारीलाई जेल 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १o:३२:oo

एक अर्ब ३१ करोड ६४ लाख रुपैयाँभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) छलीको आरोपमा विराटनगरका एक व्यापारी जेल चलान भएका छन्। राजस्व छली मुद्दामा ‘न्यु सौरभ ट्रेडिङ’ र ‘बियानी एन्ड ब्रदर्स हार्डवेयर एन्ड मार्बल’का प्रोप्राइटर सौरभकुमार बियानीलाई आन्तरिक राजस्व कार्यालय (आराका) विराटनगरले पुर्पक्षका लागि जेल पठाएको हो ।

 विराटनगर– ७, हाटखोलामा कारोबार गर्दै आएका बियानीले विराटनगर– ३ मा हार्डवेयर पसल सञ्चालन गरेका छन्। उनले वर्षौँदेखि कर नतिरेर अटेर गरेपछि आन्तरिक राजस्व कार्यालयले उनलाई १७ असारमा पुर्पक्षका लागि जेल चलान गरेको हो । मोरङका प्रमुख कर अधिकृत भूपालराज शाक्यका  अनुसार बियानीलाई  कर कार्यालयको निर्देशनमा १६ असारमा पक्राउ गरिएको थियो । पक्राउ परेका उनले तिर्नुपर्ने करबराबरको जायजेथा जमानीमा राख्न नसकेपछि उनी पुर्पक्षका लागि १७ असारमा कारागार चलान भएका हुन् । ‘वर्षौँदेखि कर नतिरेर अटेर गर्दै आएका व्यापारी बियानीलाई पटक–पटक ताकेता गर्दा पनि उनले बक्यौता कर तिर्न चासो नदेखाएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो,’ प्रमुख कर अधिकृत शाक्यले भने ।  

बियानीमाथि करिब एक अर्ब ३१ करोड ६४ लाख ९८ हजार ५८४ रुपैयाँबराबरको राजस्व छली गरेको आरोप छ । पटक–पटक ताकेता गर्दा पनि नबुझाएपछि मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २३(घ) अनुसार धरौटी वा जमानी नबुझाएमा वा नगद नतिरेमा ४५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने व्यवस्थाअनुरूप उनलाई कारागार चलान गरिएको प्रमुख कर अधिकृत भूपालराज शाक्यले बताए ।  

तीन महिनादेखि भ्याट छलीको अनुसन्धान गरिरहेको राजस्व विभाग र आन्तरिक राजस्व कार्यालय विराटनगरले अनुसन्धानको क्रममा बियानीलाई पक्राउ गरेको थियो । आराका विराटनगरका प्रमुख कर अधिकृत भूपालमान शाक्यले कर नतिर्ने अरू व्यापारीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको बताए। ‘अहिलेसम्म ५० भन्दा बढी उद्योग र कम्पनीहरूले वर्षौँदेखिका कर बक्यौता बुझाउन अटेर गरेका छन्, त्यसैले हामी ऐनअनुसार कारबाहीमा जान बाध्य भएका हौँ,’ शाक्यले भने।

कर नतिर्ने करदाताहरूमाथि पटक–पटक पत्राचार र सार्वजनिक सूचना जारी गरिसकेको छ। ‘नाम चलेका उद्योगी व्यापारीहरूले समेत आयकर र मूल्य अभिवृद्धि कर तिर्न चासो नदेखाइरहेकाले अब ऐनअनुसार कडाइ गर्नुपर्ने अवस्था आएको छ,’ शाक्यले बताए।