
नेपाल चेम्बर अफ कमर्स र इन्टरनेसनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आइआरजिडिडी)बिच आर्थिक कूटनीति र लगानी प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र आइआरजिडिडीकी अध्यक्ष एवं पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले सहकार्यको सम्झौतामा हस्ताक्षर गरेका छन् ।
चेम्बर र आइआरजिडिडीबिच व्यापार तथा लगानी कूटनीति र क्षमता अभिवृद्धि, नेपाली उत्पादनको बजार प्रवद्र्धन र निजी क्षेत्रको संलग्नतालगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको हो ।