१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १o:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:११:oo

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरी चौकी त्रिवेणी धनकुटाबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीलाई पक्राउ गरेको हो । लागुऔषधमा २०७९ फागुन २ गते मुद्दा दर्ता भई हालसम्म फरार रहेका सहिद भूमि गाउँपालिका– १ का ३२ वर्षीय दिनेश राईलाई उनको घरैबाट असार १७ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताए । 

मुद्दा दर्तापश्चात् फरार रहेका लागुऔषध मुद्दाका आरोपी राईलाई उनको घरमा लुकिछिपी बस्दै आएको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको थियो। उनलाई धनकुटा ल्याएसँगै आज जिल्ला अदालत धनकुटाबाट म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।