१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १८ बुधबार
  • Thursday, 03 July, 2025
२o८२ असार १८ बुधबार o९:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

किसानलाई कृषि औजार वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १८ बुधबार o९:४o:oo

पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकाले किसानसँगको लागत साझेदारीमा रु. २८ लाखबराबरका कृषि सामग्री वितरण गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार किसानको मागका आधारमा ४२ वटा मिनीटिलर र २६ वटा घाँस काट्ने मेसिन वितरण गरिएको हो । गाईपालन कार्यक्रममा सहभागी किसानलाई कृषि औजार वितरण गरिएको हो ।  किसानलाई आनुधिक खेती प्रणालीमा जोड्दै यान्त्रिकीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको उनले बताए । 

गाउँपालिकाले व्यवस्थित खेती प्रणालीमा जोड दिएको जानकारी दिँदै गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले गाउँपालिकामा करोडौँको अकबरे खुर्सानी उत्पादन भइरहेको तथा किसानलाई यस्तै नगदेबालीमा प्रोत्साहन गर्न उपकरण वितरण गरिएको बताए। महिलालाई उद्यममा जोड्न महिला विकास बोर्डमार्फत विविध कार्यक्रम सञ्चालन भइरहेका उनले जानकारी दिए ।