१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
२o८२ असार १७ मंगलबार १८:१o:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रतिपक्षको अनुपस्थितिका कारण लुम्बिनी प्रदेश सभा बैठक पुनः स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार १८:१o:oo

लुम्बिनी प्रदेश सभाको छैटाैँ अधिवेशनअन्तर्गतको १४औँ बैठक पुनः आधा घण्टाका लागि स्थगित भएको छ। तोकिएको समयभन्दा आधा घण्टाभन्दा ढिलो सुरु भए भएको बैठक प्रतिपक्षको अनुपस्थितका कारण सभामुख तुलाराम घर्तीमगरले पुनः आधा घण्टाका लागि स्थगित गरेका हुन्।

उनले विपक्षी बेन्च पूरै खाली भएकाले संसदीय परम्परा र अभ्यासअनुसार आधा घण्टाका लागि पुनः बैठक स्थगित भएको घोषणा गरेका थिए। नेकपा (माओवादी केन्द्र)सहितका प्रतिपक्षी दलहरूले बजेट सच्च्याउनुपर्ने माग राख्दै सदनमा विरोध जनाएपछि स्थगित बैठक अहिलेसम्म पुनः सुचारु हुन सकेको छैन।

बैठकको सम्भावित कार्यसूचीमा आर्थिक वर्ष ०८२/८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ गर्ने कार्यक्रम थियो। सोहीअनुसार आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष ०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल प्रारम्भ गर्न प्रस्ताव गर्ने कार्यतालिका तय गरिएको थियो।

यसअघि प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गरेको थियो। त्यसयता १७औँ दिनमा मात्रै बैठक बसेको हो। यसअघिको बैठक असार ७ गतेका लागि तोकिए पनि विविध कारणले स्थगित गरिएको थियो।