१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १८:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्रोत नखुलेको २८ लाख २८ हजारसहित वीरगन्जबाट तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o१:oo

पर्सा प्रहरीले एकैदिन वीरगन्जका विभिन्न स्थानबाट स्रोत नखुलेको रकमसहित तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका– २ निवासी २६ वर्षीय अनिलकुमार वर्णवाल, वीरगन्ज– ३, आदर्शटोलनिवासी २३ वर्षीय विनितकुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका– ४ बस्ने ४४ वर्षीय दीपकप्रसाद सोनार रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका वर्णवालसँग मकालु चोकमा कालो ब्यागभित्र लुकाइछिपाई राखेको अवस्थामा ९ लाख ४७ हजार फेला परेको हो। य‍स्तै, श्रीवास्तवसँग कृषि विकास बैंक लिंकरोडमा कालो ब्यागभित्र लुकाइछिपाई राखेको अवस्थामा १५ लाख ८१ हजार बरामद भएको हो।

 

यता, वीरगन्ज– १६ रजतजयन्ती चोकमा ना. १६ प २३२८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा सवार सोनारबाट तीन लाख बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुन्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।