१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
२o८२ असार १७ मंगलबार १५:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार १५:oo:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा सञ्चालित प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमले सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । 

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमको प्रादेशिक निर्देशक समितिको दोस्रो बैठकमा उनले कार्यक्रमले जनप्रतिनिधिलाई थप उत्तरदायी र जिम्मेवार बनाएर जनतालाई सेवा दिन महत्त्वपूर्ण  भूमिका खेलेको बताए। उनले प्रदेशको विकास प्राथमिकता, योजना र कार्यक्रमलाई साझा दृष्टिकोणबाट कार्यान्वयन गर्न, पारदर्शिता, जवाफदेहिता र समन्वयलाई सुदृढ पार्न साझा प्रयास जरुरी रहेको बताए। 

सुदूरपश्चिम प्रदेशको समावेशी, दिगो र सन्तुलित विकासलाई सुनिश्चित गर्न प्रदेश सरकार र विकास साझेदार संस्थाबिचको सहकार्यलाई संस्थागत, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक रहेको उनले बताए ।  प्रदेशमा सञ्चालित प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम प्रदेशका ८८ वटै स्थानीय तहमा सञ्चालनमा रहेको छ ।