१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका मकवानपुर
२o८२ असार १७ मंगलबार १३:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

एक हजार ७४ किलो गाँजासहित चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार १३:३९:oo

कैलाश गाउँपालिका– ५, कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइबा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा छन् । 

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले हरिबहादुर, बुद्धिबहादुर, अरूण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मानबहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागुऔषधसहित नौजना पक्राउ
    
झापाको बिर्तामोड नगरपालिका– ३ भगवानचोकबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ५६० मिलिग्रामसहित सोही नगरपालिका– ३ शिवालय टोल बस्ने २६ वर्षीय वीरबहादुर राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । 

कैलालीको  घोडाघोडी नगरपालिका– १ सुखडस्थित पञ्चकोशी होटेल एन्ड रेस्टुरेन्टबाट अवैध लागुऔषध अफिमजस्तो देखिने पदार्थ दुई किलो ७१४ ग्रामसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हुम्लाको सर्केगाड गाउँपालिका– ५ का ३२ वर्षीय लोकेन्द्रबहादुर शाही र २७ वर्षीय सालु शाही छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीसमेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

प्रहरीले थप अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न रोल्पाको लुङ्ग्री गाउँपालिका– ७ की ३२ वर्षीया पुनम पुनमगरलाई समेत पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका– ५, कोइलीखर्क बस्ने ४४ वर्षीय अर्जुन तामाङलाई अवैध लागुऔषध गाँजा करिब चार किलो सात सय ग्राम र पोलेन चार किलो ८० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।