१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
गगन अयडी बाजुरा
२o८२ असार १७ मंगलबार १३:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाम्का अग्निपीडितका लागि एक करोडभन्दा बढी राहत संकलन

६७ लाख ८२ हजार ८सय ६७ रूपैयाँ हस्तान्तरण

Read Time : > 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार १३:o४:oo

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका– ६, बाम्का बजारका आगलागी पीडितका लागि एक करोडभन्दा बढी राहत संकलन भएको छ । प्रदेश सरकार, स्थानीय तह, व्यापार व्यवसायी र अन्य साझेदार निकायबाट प्राप्त एक करोडभन्दा बढी रकम राहत संकलन भएको छ। त्रिवेणी र बुढीगंगा नगरपालिकाको संयुक्त राहत संकलन तथा व्यवस्थापन समितिका तर्फबाट अग्निपीडितहरूलाई ६७ लाख ८२ हजार ८६७ रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

आगलागीबाट रामबहादुर अयडी, शेरबहादुर विष्ट, धनबहादुर साउद, दीपक साउद तेजबहादुर बोहरा, चन्द्र अयडी, उद्धव थापा, छत्र थापा, तोयानाथ न्यौपाने, तुलबहादुर कटुवाल, सुशील थापा, सुनिल बराल र  डम्मरा भट्टराईको पसल जलेर पुर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराको रिपाेर्टमा देखाएको छ ।
 त्यस्तै, आंशिक रूपमा क्षति महारुद्र न्यौपाने, मनिराम पाध्याय र भूपाल थापा पुष्कर शाह, रामचन्द्र गिरी, सरोज सार्की, नन्दु मिजार, मननाथ, सोनी धामी,  पवन बुढाको पसलमा रहेका छन्।  पूर्ण र आंशिक क्षति भएका सबै २२ जनाका लागि संकलन भएको राहत अग्निपीडित संकलन समिति संयोजक एवं बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँ र उपसयोजक त्रिवेणी नगरपालिका नगर प्रमुख कर्णबहादुर थापाले संयुक्त रूपमा ६७ लाख ८२ हजार ८६७ रुपैयाँको चेक हस्तान्तरण गरेको त्रिवेणी नगरपालिका नगर प्रमुखका स्वकीय सचिव खेमराज गिरीले बताए । 

गिरीका अनुसार विभिन निकायहरूबाट संकलन भएको करोडभन्दा बढी रकम चेकमार्फत बुझाइएको छ। बाम्का अग्निपीडितका लागि राहत संकलन समितिका संयोजक रामबहादुर बानियाँका अनुसार बैंकमार्फत ६६ लाख २७ हजार ६३२ रुपैयाँ, नगद हस्तान्तरण १४ लाख ४० हजार ९८५ घोषणा भई बाँकी रहेको दुई लाख ११ हजार र समितिमा नगद प्राप्त ९० हजार सहयोग रकम बुझाइएका छौँ  । क्षति भएका पसलको पुनर्स्थापनाका लागि करिब १८ लाखबराबरका आवश्यक सामग्री सहयोग भएको  बताए  । 

अग्निपीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले आवश्यक राहत सामग्रीसहित ४० लाख नगद सहयोग गरेको छ । त्रिवेणी नगरपालिकाले १० लाख, बुढीगंगा नगरपालिकाले पाँच लाख रकम सहयोग गरेको हो । जिल्लाका अन्य नौवटा पालिकाले एक–एक लाख सहयोग गरेका हुन् । 

बाम्का बजारका व्यवसायीको पहलमा पीडितका लागि नौ लाख तीन हजार २८० र बाजुरा उद्योग वाणिज्य संघको पहलमा तीन लाख ५४ हजार १५० रुपैयाँ संकलन गरी सहयोग गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाजुरा, गैरसरकारी संस्था र अभियन्ताहरूले पनि खाद्यान्नसहितका सामग्री सहयोग गरेको राहत संकलन समितिका सहसंयोजक कर्णबहादुर थापाले बताए ।

आरबी जनरल स्टोरका व्यापारी रामबहादुर अयडीले भनेअनुसार जेठ २३ गते दिउँसो ३ बजेर ४५ मिनेटमा नवदुर्गा होटेलमा खाना पकाउने ग्यास पड्केर आगलागी भएको हो। एक पसलबाट सुरु भएको आगोले आधा बजार जलेर नष्ट भएको  उनले बताए । आफूलगायत १३ जनाले शरीरको कपडाबाहेक अरू केही जोगाउन नसकेको गुनासो गरेका छन् । जोगाउन खोज्दाखोज्दै अरू दर्जनभन्दा बढी पसलमा पनि क्षति भयो ।