१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format o९:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ब्रेक फेल भएर लहरी दुर्घटना हुँदा चालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५९:oo

हेटौँडामा भारतीय लहरी गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको बनारसबाट रिद्धिसिद्धि सिमेन्ट उद्योगका लागि कोइला बोकेर आइरहेको युपी ६१ एटी ०९६२ नम्बरको लहरी ट्रकका चालक भारतको गाजीपुर पुरैनियाका ४० वर्षीय महेन्द्र यादव रहेका छन् ।

मकवानपुर प्रहरीका अनुसार मंगलबार बिहान करिब साढे दुई बजेतिर हेटौँडा उपमहानगरपालिका– १५ स्थित रातोमाटेमा ब्रेक फेल भई पूर्व–पश्चिम राजमार्गअन्तर्गत चार्जिङ पोइन्टनजिकै सडकको दाहिनेतर्फ पल्टिएको थियो । दुर्घटनामा घाइते भएका महेन्द्र यादवलाई अचेत अवस्थामा उद्धार गरी हेटौँडा अस्पताल पुर्‍याइएको थियो । 

उनको उपचारको क्रममा बिहान पौने ६ बजे मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । दुर्घटनामा सामान्य घाइते भएका गाडीका सहचालक गाजीपुर (भारत) घर भएका २५ वर्षीय मनोज यादवको हेटौँडा अस्पतालमा उपाचार भइरहेको छ । मृतकको शव हाल हेटौँडा अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।