१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
२o८२ असार १७ मंगलबार o९:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अवरुद्ध राप्ती राजमार्ग सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार o९:१५:oo

सोमबार बेलुकादेखि अवरुद्ध राप्ती राजमार्ग झन्डै १२ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ । राप्ती राजमार्गअन्तर्गत  तुलसीपुर–कपुरकोट सडकखण्डको कपुरकोट गाउँपालिका– ३, चोरखोलामा पहिरो झर्दा सोमबार बेलुका ६ बजेदेखि राजमार्ग पूर्ण रूपमा बन्द भएको थियो । 

बेलुकादेखि नै पहिरो हटाउने प्रयास गरे पनि पहिरो खस्ने क्रम नरोकिएको र रातिको समयमा काम गर्न कठिनाइ भएकाले मंगलबार बिहानदेखि मात्र पहिरो हटाउने काम भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

सडक विभागको मेसिनले पहिरो हटाएपछि बिहान ८ बजेदेखि यातायातका साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपाने जानकारी दिए। उनले वर्षातको समय भएकाले अत्यावश्यक कामबाहेक अन्य काममा हिँडडुल नगर्न आग्रहसमेत गरे। सडक सञ्चालन भएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेको उनको भनाइ छ । 

चोरखोलामा पटक–पटक पहिरो झर्दा पश्चिम रुकुम, पुर्वी रुकुम, रोल्पा, सल्यान र दाङका यात्रुहरूले सास्ती भोग्दै आइरहेका छन् ।