१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format o८:४६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

महरा मृत्यु प्रकरणमा दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:४६:oo

सिराहाको अर्नमा गाउँपालिका– १ बुढियाचाप गाउँमा शनिबार स्थानीय ३५ वर्षीय अजय महरा मृत्यु प्रकरणमा प्रहरीले उनकी श्रीमतीसहित एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । तीन दिनअघि नै दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

‘पोस्टमार्टम रिपोर्ट पनि आउँदै छ, रिपोर्टमा मृत्युको कारण खुल्ने भएकाले दुईजनालाई निन्त्रणमा राखेर अनुसन्धान गर्दै छौँ,’ सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले भने, ‘घटना शंकास्पद देखिएको छ, पोस्टमार्टम रिपोर्ट एक–दुई दिनमै आउँछ, रिपोर्ट आएपछि परिवारले दिने किटानी जाहेरीका आधारमा अगाडि बढ्छौँ ।’ 

बुढियाचाप गाउँका मइम मन्सुरीले आफ्नो खेतमा बाली रुँघ्न बनाएको बाँसको झुपडीनजिकैको आँपको रुखमुनि मोटो सेतो प्लास्टिकले घाँटी बाँधेको अवस्थामा महराको शव भेटिएको थियो । मृतकको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरी परिवारजनले गाउँ ल्याएर दाहसंस्कार गरिसकेका छन् ।