१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 28 June, 2025
Invalid date format १९:५७:oo
Read Time : > 1 मिनेट
समाचार

मकवानपुरको एसइई नतिजामा गत वर्षभन्दा सुधार, राष्ट्रिय नतिजाभन्दा अझै कमजोर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५७:oo

माध्यमिक शिक्षा परिक्षा (एसइई) ०८१ मा मकवानपुरका ४६.८६ प्रतिशात विद्यार्थी ११ कक्षामा भर्ना हुन योग्य भएका छन् । शुक्रबार साँझ सार्वजनिक नतिजाअनुसार जिल्लाका कुल पाँच हजार ८८७ परीक्षार्थीमध्ये दुई हजार ७५९ जना उत्तिर्ण भएका छन् ।

यसवर्ष मकवानपुरले गत वर्षभन्दा नतिजामा सुधार ल्याएको छ । गत शैक्षिकसत्रमा मकवानपुरका पाँच हजार सात सय ५२ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भएकामा ३६.४७ प्रतिशात विद्यार्थी मात्रै ११ कक्षामा भर्ना हुन योग्य भएका थिए । अर्थात दुई हजार ९८ जना उत्तिर्ण हुँदा तीन हजार ६ सय ५४ जना विद्यार्थी कक्षा ११ भर्ना हुन नपाउने अर्थात् ननग्रेडेड (एनजी) भएका थिए ।

शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले दिएको जानकारीअनुसार शैक्षिक वर्ष ०८१ को एसइई परीक्षामा मकवानपुरबाट सामान्य शिक्षातर्फ पाँच हजार ६५८ जना र प्राविधिक शिक्षातर्फ २२९ जना परीक्षार्थी सहभागी भएका थिए । यसमध्ये सामान्यतर्फ दुई ६६२ र प्राविधिकतर्फ ९७ जना विद्यार्थी सफल भएका हुन् ।

यस्तै, इकाइका अनुसार जिल्लाको तीन हजार १२८ जना विद्यार्थीको एसइई इन्कम्प्लिट भएको छ । जसमा सामान्यतर्फ दुई हजार ९९६ र प्राविधिकतर्फ १३२ जना छन् ।मकवानपुरबाट ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ५ रहेको छ । 

यसैगरी, यस शैक्षिकसत्रमा मकवानपुरबाट ३६७ जनाले ३।६ देखि ४.० जिपिए, ५८८ जनाले ३.२ देखि ३.६ जिपिए र ९६१ जनाले २.८ देखि ३.२ जिपिए ल्याएका छन् । यस्तै, २.४ देखि २.८ जिपिए ल्याउनेको संख्या ५३९ रहेको छ भने २.० देखि २.४ जिपिए ल्याउनेको संख्या २९९ छ ।

यसवर्ष पनि मकवानपुरको नतिजा राष्ट्रिय नतिजाभन्दा भने कमजोर देखिएको छ । राष्ट्रिय नतिजाअनुसार कुल ६१.८१ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य रहेको पाइए पनि मकवानपुरका जम्मा ४६.८६ प्रतिशात विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।

यसअघि गत वर्ष ४७.८६ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य हुँदा मकवानपुरका जम्मा ३६.४७ विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका थिए ।