१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 27 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

राष्ट्रिय युवा परिषदद्वारा १७ ठाउँमा रोजगारमूलक तालिम सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:oo:oo

नेपाल सरकारअन्तर्गतको राष्ट्रिय युवा परिषद्ले युवाहरूको रोजगारमूलक सिप विकासका लागि विभिन्न ६ वटा क्षेत्रमा ३४० युवाका लागि सिपमूलक तालिम एकैसाथ सञ्चालन गरेको छ। परिषद्ले सातै प्रदेशका विभिन्न पालिकामा १६० देखि २२५ घण्टासम्मका तालिम सञ्चालन गरिरहेको छ।

परिषदद्वारा पहिलोपटक सञ्चालन गरिएको सिप विकास तालिममा यस वर्ष  १८० घण्टे जुनियर ब्युटिसियन, १६७ घण्टे टेलर–गार्मेन्ट मेसिन अपरेटर, १६० घण्टे इलेक्ट्रिसियन, १६० घण्टे कुक, २२५ घण्टे मोबाइल रिपेयरिङ र १६० घण्टे बेकरी तालिम सञ्चालन गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए।

जसअन्तर्गत कैलालीको धनगढी, रोल्पाको लिवाङ, काठमाडौंको गोंगबु र भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा १८० घण्टे जुनियर ब्युटिसियन तालिम सञ्चालन गरिएको छ। यसैगरी, काठमाडौंको टोखा, बर्दियाको बारबर्दिया नगरपालिका, सप्तरीको कल्याणपुर र ललितपुरको महालक्ष्मी नगरपालिकामा १६७ घण्टे टेलर–गार्मेन्ट मेसिन अपरेटर तालिम सञ्चालन गरिएको छ।

यसैगरी, कास्कीको पोखरा, काठमाडौंको गोंगबु र चाबहिल तथा रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा १६० घण्टे इलेक्ट्रिसियन तालिम सञ्चालन गरिएको छ। त्यस्तै, ललितपुर जिल्लाको ललितपुर महानगरपालिका र मोरङ जिल्लाको विराटनगरमा १६० घण्टे कुक तालिम सञ्चालन गरिएको छ। 

काठमाडौंको कोटेश्वरमा २२५ घण्टे मोबाइल रिपेयरिङ तथा काठमाडौंकै तिनकुने  र सुर्खेतको वीरेन्द्रनगरमा १६० घण्टे बेकरी तालिम सञ्चालन गरिएको परिषद्का तालिम शाखा प्रमुख कर्ण कवरले जनाए।

सरकारले घोषणा गरेको आन्तरिक रोजगारी प्रवर्द्धन दशकलाई टेवा पुर्‍याउने उद्देश्यले सिपमूलक तालिम सञ्चालन गरिएको उपाध्यक्ष बस्नेतले जानकारी दिए। बस्नेतले भने, ‘युवा पलायन रोक्न र मुलुकभित्रै स्वरोजगार र आत्मनिर्भर बनाउन यस खालको तालिम थालिएको हो।’