१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 27 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

विमानस्थलअगाडिको होटेलबाट ४७ ग्राम ब्राउनसुगरसहित दुईजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५२:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटअगाडि रहेको होटेलबाट ४७ ग्राम नाै मिलिग्राम ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको टोलीले सिराहा जिल्लाको सिराहा नगरपालिका– ८ बस्ने ४० वर्षीय मोहम्मद अख्तर मियाँ र धनुषा जिल्लाको कमला नगरपालिका– ८ बस्ने ४२ वर्षीय सामन यादवलाई पक्राउ गरेको हो । 

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधार दर्शन नमस्ते इन होटेलबाट किनबेचको डिल गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।  उनीहरूबाट ब्राउनसुगर र जोख्न प्रयोग हुने एउटा तराजु, तीनवटा मोबाइल, दुईवटा पासपोर्ट तथा नगद १२ हजार १७५ बरामद भएको सशस्त्र प्रहरी बलका प्रवक्ता कालीदास धौवजीले बताए। 
उनीहरूले विगत लामो समयदेखि धनुषाको विभिन्न ठाउँहरूबाट लागुऔषध ल्याई काठमाडौमा बेचबिखन गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई बरामद लागुऔषध र अन्य दसीसहित सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई बुझाएको छ ।