१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
२o८२ असार १२ बिहीबार १७:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनहरीमा एकैदिन पाँच पूर्वाधारको उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार १७:oo:oo

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ मा बिहीबार एकैदिन पाँचवटा पूर्वाधार परियोजनाको उद्घाटन गरिएको छ।

मनहरी– ६ स्थित रमौली प्रतापपुरको १ किलोमिटर कालोपत्रे सडक, जोगीताल पक्की पुल, सुनाचुरी–जोगीताल १ किलोमिटर सडक, तिलेश्वर मन्दिर र सुनाचुरी गुम्बाचोकस्थित क्लब भवन तथा जिम क्लबको उद्घाटन गरिएको हो।

पाँचवटै पूर्वाधारको कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन्। पूर्वाधारहरूको उद्घाटन गर्दै नेता बानियाँले मनहरी गाउँपालिका–६ भौगोलिक रूपमा ठुलो र विकट क्षेत्र भएकाले यहाँको समृद्धिका लागि प्रदेश र स्थानीय तहबिच समन्वय र सहकार्यमा काम गर्नुपर्ने बताए।

सबैको सहयोगले मात्रै पछि परेका क्षेत्रहरूको विकास सम्भव भएको उनको भनाइ थियो। नेता बानियाँले चितवन राष्ट्रिय निकुञ्जबाट स्थानीय विकासमा आएका अवरोधहरू समाधान गर्दै तटबन्ध, बाटो र अन्य पूर्वाधार निर्माणमा तीव्रता दिने प्रतिबद्धता पनि व्यक्त गरे। 

मनहरी– ६ का वडाध्यक्ष युवराज थपलियाको अध्यक्षताम भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, वडा नम्बर ७ का अध्यक्ष ठाकुरराम तितुङ, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलालगायतले बागमती प्रदेश सरकारको बजेट, मनहरी गाउँपालिका र सम्बन्धित वडा कार्यालयबाट विनियोजित बजेटमार्फत निर्माण निर्माण हुन लागेका पूर्वाधारले स्थानीयको दैनिकमा सकारात्मक प्रभाव पार्ने भन्दै खुसी व्यक्त गरे।