१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Wednesday, 11 June, 2025
२o८२ जेठ २७ मंगलबार १६:५३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अस्ट्रियाको एक स्कुलमा गोली चल्दा नौ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार १६:५३:oo

अस्ट्रियाको  ग्राज सहरको एक स्कुलमा गोली चल्दा नौ जनाको मृत्यु भएको स्थानीय मिडियाले मंगलबार जनाएको छ ।

गोली हाना हानमा धेरै विद्यार्थी र शिक्षकहरू गम्भीर घाइते भएको स्थानीय मिडियाले प्रहरीलाई उद्धृत  गर्दै जनाएका छन् । अपराधीले आत्महत्या गरेको अनुमान गरिएको रिपोर्ट समेत मिडियाले गरेका छन् । 
 अस्ट्रियाको समाचारपत्र क्रोनेन जाइटुङका अनुसार मंगलबार बिहान दश बजे लेन्ड जिल्लाको स्कुलमा उक्त घटना भएको हो ।

घटना स्थलमा हेलिकप्टर सहित प्रहरी परिचालन गरिएको तथा विद्यालय खाली गरि थप खतरा हुन बाट रोक्ने प्रयास गरिरहेको स्थानीय प्रहरीले सामाजिक सञ्जाल एक्स मार्फत जनाएको छ ।