
जेठ अन्तिम सातादेखि गर्मी बढेपछि कञ्चनपुरका दुई स्थानीय सरकारले बिदा दिएका छन । बेलौरी नगरपालिका र बेलडाँडी गाँउपालिकाले गर्मी बिदा दिएका हुन् ।
दुवै पालिकाले पछिल्ला दिनहरूमा प्रचण्ड गर्मी बढिरहेको बेलौरी, बेलडाँडीले गर्मीकाे बिदा दिएको जनाएका छन् । बेलौरीले सोमबार सूचना जारी गर्दै दुई दिन गर्मी बिदा दिएको र बेलडाँडीले मंगलबार सूचना जारी गर्दै तीन दिन गर्मीका कारण विद्यार्थी, शिक्षक, कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बर्खे बिदाबाट मिलान हुने गरेर बिदा दिएका हुन् ।
बेलौरीले २७ र २८ जेठ, बेलडाँडीले २८ जेठदेखि ३० सम्मै पालिकामा रहेका सरकारी तथा निजी विद्यालय, शिक्षण संघसंस्था बन्द गर्ने निर्णय गरेका हुन् । बिदा दिएसँगै बेलौरी, बेलडाँडीका विद्यालय बन्द भएका छन् । झन्डै ३८ देखि ४२ डिग्रीसम्म तापक्रम बढेपछि बालबालिकाकोे स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै बिदा दिएको र बिदामा घरमै बसेर होमवर्क गर्नसमेत अनुरोध गरिएको छ ।