१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Wednesday, 11 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ जेठ २७ मंगलबार १६:o४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचकमा सुधार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार १६:o४:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक २५.०७ अंकले बढेर दुई हजार ६७८.१७ को विन्दुमा कायम भएको हो ।

ज ३११ कम्पनीको दुई करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर ८१ हजार ७३८ पटक खरिद–बिक्री हुँदा रु. १० अर्ब १६ करोड नौ लाख ८१ हजारबराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह ५.१२ प्रतिशतले बढेको हो । बैंकिङ ०.९३, विकास बैंक ०.७१, होटेल तथा पर्यटन १.२८, जलविद्युत् ०.४६, लगानी ०.६८ र  जीवन बिमा १.०८ प्रतिशतले बढेको हो । 

त्यस्तै, उत्पादन तथा प्रशोधन ०.२५, लघुवित्त ०.६१, म्युचुअल फन्ड ०.२३, निर्जीवन बिमा १.२६, व्यापार १.०७ र अन्य समूह १.५१ प्रतिशतले बढेको हो ।

आजको कारोबारमा प्युअर इनर्जी लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य ६.१४ प्रतिशतले घटेको छ

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर सेयर रु. ५८ करोड ४९ लाख ५३ हजार ८७१ बराबरको २६ लाख ३३ हजार ७२८ कित्ता किनबेच भएको छ ।