
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको आठाैँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा जेठ २६ गते साेमबार कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको छ ।
काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष ०७८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ।
सभाले सेयरधनीहरूलाई आर्थिक वर्ष ०८०/८१ का लागि आठ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बोनस सेयर वितरणसँगै नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणकाे निर्देशनबमोजिम तोकिएको न्यूनतम चुक्तापुँजी पुग्नेछ । सभाले आर्थिक वर्ष ०८०/८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ ।