१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २६ सोमबार
  • Monday, 09 June, 2025
२o८२ जेठ २६ सोमबार १३:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निजामती सेवा ऐन शीघ्र जारी गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २६ सोमबार १३:४९:oo

झापास्थित विभिन्न कार्यालयमा कार्यरत निजामती कर्मचारीले प्रस्तावित संघीय निजामती सेवा ऐन शीघ्र जारी गर्न माग गर्दै कालोपट्टी बाँधेर विरोध जनाएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका  केन्द्रीय सदस्य यदुनन्दन दाहालका अनुसार कर्मचारी नियमित सेवा प्रवाहमा सहभागी भइरहे पनि ऐनको ढिलाइप्रति खबरदारी गर्न पाखुरामा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।

 ‘अस्तिसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका थियौँ, हिजोदेखि देशभर कालोपट्टी बाँधेर सेवा प्रवाह गरिरहेका छौँ,’ उनले भने। 

संघ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको मनोबल उच्च बनाउन तथा सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले प्रस्तावित संघीय निजामती सेवा ऐनमा वृत्ति विकास, पदोन्नति, सेवा सुरक्षालगायतका विषय समेटिनुपर्ने आफूहरूको माग रहेको  केन्द्रीय  सदस्य दाहालले बताए। 

कर्मचारी संगठनहरूले ऐनको शीघ्र कार्यान्वयनको माग गर्दै सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन् । उनीहरूले माग पूरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन् ।