
इन्फिनिटी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ज्ञानीश्वर पन्त नियुक्त भएका छन् । लघुवित्तको शनिबार बसेको सञ्चालक समिति बैठकले पन्तलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । पन्तको कार्यकाल २५ जेठदेखि २४ जेठ २०८६ सम्मको हुनेछ ।
पन्तसँग लघुवित्त क्षेत्रमा जम्मा १२ वर्षभन्दा बढी काम गरेको अुनभव छ । यसअघि उनी यही संस्थामा नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवको भूमिकामा थिए ।