
हिमालयन बैंकको शाखा स्थानान्तरण गरिएको छ । बैंकले नजिक भएका शाखा सञ्जालमध्ये न्युरोड शाखा–२ लाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका वडा नं २७, ठमेलस्थित सञ्चय कोष भवनमा सरेको हो । स्थानान्तरित शाखा ठमेल शाखाको नामबाट आइतबारदेखि नै सञ्चालनमा आएको छ ।
शाखाको सुरुवात बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले गरेका हुन् । हाल बैंकले देशभरका एक सय ७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, दुई ८६ एटिएमबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।