१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २६ सोमबार
  • Monday, 09 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २६ सोमबार १o:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कजारियाले सार्वजनिक गर्‍यो नेपालको पहिलो एचडी पोलिस्ड टायल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २६ सोमबार १o:१६:oo

भारतीय टायल कम्पनी कजारियाले आफ्नो प्रिमियम उत्पादन एचडी पोलिस्ड टायल सार्वजनिक गरेको छ । नेपालमा पहिलोपटक सार्वजनिक गरिएको यो विशेष टायलले सौन्दर्य, मजबुती र अत्याधुनिक प्रविधिसहित लक्जरी फ्लोरिङको नयाँ पहिचान बनाएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो टायल विशेष गरी भित्री सतहका लागि डिजाइन गरिएको हो । ऐनाजस्तै चम्किलो, उच्च गुणस्तरीय प्रिन्ट र सुपर–स्मुथ फिनिसिङ रहेको यसले जुनसुकै ठाउँलाई अझ आकर्षक र भव्य बनाउनेछ । टिकाउ, घिसावटप्रतिरोधी, न्यून पानी सोस्ने क्षमता भएको यो टाइल पाँचतारे होटेल, लक्जरी मल, उच्चस्तरीय सोरुम तथा अन्य प्रिमियम इन्डोर स्पेसहरूका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ । ‘यो केवल टायल होइन, विलासिताको अनुभव पनि हो । नेपालमा यस्ता उच्च गुणस्तरको उत्पादन पहिलोपटक ल्याउन पाउँदा हामी गर्व गर्छौँ । सहरी क्षेत्रमा पहिले नै लोकप्रिय यो टायलमार्फत हामी नेपालका आर्किटेक्ट र इन्टेरियर डिजाइनरलाई गुणस्तरमा नयाँ मापदण्ड प्रदान गर्न उत्साहित छौँ,’ कजारियाका निर्देशक हिमांशु अग्रवालले भने । 

६०–१२० सेमिको एचडी पोलिस्ड टायल उत्कृष्टता खोज्नेका लागि बनाइएको हो । लामो समयसम्म टिक्ने गरी निर्माण गरिएको यो टायलले सौन्दर्य बढाउनुका साथै सफाइ र मर्मतमा पनि सजिलो बनाउने कम्पनीको दाबी छ ।  त्यस्तै, पाँचतारे होटेल, लक्जरी अपार्टमेन्ट, मल र अन्य व्यावसायिक स्थानहरूबाट बढ्दो मागसँगै, कजारियाको एचडी पोलिस्ड टायल नेपालमा प्रिमियम फ्लोरिङका लागि पहिलो रोजाइ बन्न थालेको बताइएको छ । यसले कम्पनीलाई नेपाली टायल उद्योगमा अग्रणी स्थानमा राख्न कजारियाको गुणस्तर, नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ । कजारियाले देशैभर ४० भन्दा बढी सोरुम र सयभन्दा बढी डिलरबाट सेवा दिइरहेको छ ।