१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २५ आइतबार
  • Sunday, 08 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ जेठ २५ आइतबार १६:४१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से ११.०६ अंकले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ जेठ २५ आइतबार १६:४१:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११.०६ अङ्कले घटेर दुई हजार ६२९.८९ को विन्दुमा कायम भएको हो ।

आज ३१३ कम्पनीको एक करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर ८६ हजार ६३६ पटक खरिद–बिक्री हुँदा रु. नौ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८.९३ को कारोबार भएको छ ।

आज जलविद्युत् समूह १.२२ र होटेल तथा व्यापार समूह ०.१२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । बैंकिङ १.०५, विकास बैंक ०.०६, वित्त ०.९१, लगानी ०.०८ र जीवन बिमा समूह ०.७७ प्रतिशतले घटेको छ ।

उत्पादन तथा प्रशोधन ०.७४, लघुवित्त ०.७०, म्युचुअल फन्ड ०.१०, निर्जीवन बिमा ०.९५, व्यापार ०.२३ र अन्य समूह ०.९९ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा रिभर फल्स पावर लिमिटेड र पिअर इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रु. ७२ करोड ९५ लाख १४ हजार ६६० बरबरको सेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १५ लाख ४७ हजार ६४ कित्ता सेयर किनबेच भएको छ ।