
नेपाल टेलिकमको बिलिङको अनियमिततामा प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गरेको भन्दै ३३ करोड बिगो मागसहित मुद्दा दायर गरेको हो ।
आरोप पत्रमा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलसमेतलाई प्रतिवादी बनाइएको छ ।