१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 08 June, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o४:oo
Read Time : < 1 मिनेट
समाचार

रवि लामिछानेविरुद्ध राज्यले सबै प्रकारको प्रतिशोध साध्यो : सोबिता गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o४:oo

रास्वपा सांसद सोबिता गौतमले सभापति रवि लामिछानेविरुद्ध सिंगो राज्यशक्ति सम्पूर्ण रूपमा प्रयोग भएको बताएकी छिन्। 

सुनसरीको बराहक्षेत्रमा शनिबार आयोजित बृहत् खुला भेलालाई सम्बोधन गर्दै सांसद गौतमले सभापति लामिछानेविरुद्ध राज्यले सबै प्रकारको प्रतिशोध साधेर र शक्ति प्रयोग गरेर मुद्दा दायर गरेको बताएकी हुन्। 

‘सम्पूर्ण राज्य शक्ति एकातिर, रवि लामिछाने एक्लै निरीह व्यक्तिजसरी मुद्दा लडिरहनुभएको छ। लामिछानेविरुद्ध सिंगो राज्यशक्ति सम्पूर्ण प्रयोग भएको छ। यो परिस्थिति सामान्य छैन,’ उनले भनिन्। 

यसका पछाडि रास्वपाले सुशासनका पक्षमा चालेको कदम भएको र जनताको नजरमा लामिछाने निष्पक्ष रहेको बताइन्। ‘अब मुद्दा अदालतमा छ। अदालतले के गर्छ कानुनी कुरा हो। तर, जनताको अदालतमा रवि लामिछाने निष्पक्ष छन्। देशलाई मुक्तिको बाटोमा र नेपाली जनतालाई समृद्धिको बाटोमा लैजाने निःस्वार्थ नेताको रूपमा नेपाली जनताले हेरेको छ,’ उनले भनिन्।  

तरुण दललाई सरकारले तीन करोड दिने निर्णयको आलोचना गर्दै उनले भनिन्, ‘उहाँहरूले आफ्नौ पार्टीको भ्रातृ संगठनको कार्यालय बनाउन राज्यको सम्पत्ति दुरुपयोग गर्नुभयो। कसको सम्पत्ति दुरुपयोग गरियो भन्दा तपाईंहरूले खाद्यान्न, तरकारी बेचेको कर लिएर आफ्नो पार्टी बनाउँदै छन्। योभन्दा दुरुपयोग के हुन्छ?’ 

गौतमले भिजिट भिसामा गएका नेपाली नठगिएको कुनै गाउँ नभएको र यसको भण्डाफोर गर्न आफूहरूले शक्तिशाली न्यायिक छानबिन समिति मागिरहेको बताइन्।