१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format o९:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भोटेकासीको लार्चामा बेलिब्रिज तयार

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format o९:४५:oo

भोटेकोसी गाउँपालिका वडा नम्बर २, ३ र ४ को लाइफलाइन रहेको अन्तर्राष्ट्रिय कोदारी राजमार्गस्थित लार्चामा नयाँ बेलिब्रिज तयार भएको छ। सडक डिभिजन चरिकोटले दिएको ठेक्का समयभित्रै सोवर्ण  निर्माण सेवा र क्रियटिभ कन्स्ट्रक्सन एण्ड सप्लायर्सले बेलिब्रिज तयार पारेका हुन्।

पहिरोले क्षतिग्रस्त मोटरेबलपुलको फुल्पिङसाइडमा डेब्रिज पन्छाएर जग निर्माण गरिएको छ। लार्चापट्टि नयाँ फाउन्डेसन तयार गरिएको हो। बाढीले किनारको जमिन पटकपटक कटान गरेकोले जग निर्माण गर्न कठिनाइ थियो।

अन्तर्राष्ट्रिय मार्ग भएकोले बर्खाअघि नै बेलिब्रिजको काम सम्पन्न गर्न हामी दिनरात फिल्डमा खटियौँ, सोवर्ण निर्माण सेवाका प्रमुख अर्जुन थापाले भने , फाउन्डेसन उठाउन चुनौती रहेकोले सुरुवातमा यसको ठेक्का लिन कोही पनि तयार भएनन्।

एक करोड ७० लाख लागतमा ५४ मिटर लामो बेलिब्रिज जडान गरिएको  र जेठ अन्तिममा फिनिसिङको काम सकेर सडक डिभिजनलाई हस्तान्तरण गरिने उनले बताए। १५ चैतबाट  सुरु भएर जेठको तेस्रो सातामा बेलिब्रिज जडान गरिएको हो ।गतसाल १२ असोजमा आएको बाढीले लार्चा बेलिब्रिज बगाएपछि भोटेकोसी नदीमा ह्युमपाइप राखेर दुई महिनापछि अस्थायीरुपमा सडक सञ्चालन गरिएको थियो।

लार्चामा बेलिब्रिज बनेपछि तातोपानी नाका बर्खामा पनि नियमित हुने अपेक्षा गरिएको छ। बाह्रबिसेदेखि लिपिङसम्मको २६ किलोमिटर सडकखण्ड अत्यन्तै जीर्ण र जोखिमपूर्ण छ । भौगोलिक बिकटताले झर्ने पहिरो र भोटेकोसी नदीको कटान कोदारी सडकको मुख्य चुनौती हुन्।अन्तर्राष्ट्रिय मार्ग भएकोले नियमित सञ्चालनको लागि सडक डिभिजन कार्यालयले पनि उपकरण र जनशक्ति एलर्टमा राखेको जनाएको छ।