१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १८:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुनावी गठबन्धनले महिलाको हक कुण्ठित गरायो : पूर्वराष्ट्रपति भण्डारी

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १८:३३:oo

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चुनावी गठबन्धनको बहानामा महिलाहरूको सुनिश्चित भइसकेको हक कुण्ठित नगराउन राजनीतिक दलहरूलाई आग्रह गरेकी छिन्।

शुक्रबार  विराटनगर महानगरपालिकाको आयोजनामा सुरु भएको उपप्रमुख र उपाध्यक्षहरूको राष्ट्रिय भेलाको उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले चुनावी गठबन्धनले महिला प्रतिनिधित्व नभएको बताएकी हुन्।

निर्वाचन कानुनले नगरपालिकामा प्रमुख र उपप्रमुख अनि गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिलाको प्रतिनिधित्व सुनिश्चित गरे पनि चुनावी गठबन्धनको बहानामा दलहरूले हक कुण्ठित गराएको भन्दै उनले भनिन्, ‘अबदेखि चुनावी गठबन्धन गर्दा महिलाको सुनिश्चित भइसकेको हकलाई घटाउने हाेइन बढाउने गरी राजनीतिक दलहरूले चासो दिनुपर्छ।’

राजनीतिक दलका कार्यकर्ता र जनप्रतिनिधिहरूको ध्यान अब देशमा सुशासन र विकासतर्फ जानुपर्ने उनको सुझाव छ। भण्डारीले महिला जनप्रतिनिधिहरूले भोग्ने गरेको समस्याबारे आफूले धेरै थाहा पाएको भन्दै समाधानका लागि भेला उपलब्धिमूलक हुनुपर्नेमा जोड दिइन्।

शनिबारसम्म चल्ने उक्त सम्मेलनमा देशभरबाट दुई सयभन्दा बढी स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षको सहभागिता छ। सम्मेलनमा विज्ञहरूले विभिन्न कार्यपत्र प्रस्तुत गरेपछि समस्या समाधानका लागि छलफल गरेर निष्कर्ष निकालिनेछ। उक्त निष्कर्षलाई विराटनगर घोषणापत्रका रूपमा जारी गरेर उपप्रमुख र उपाध्यक्षहरूको अधिकार थप गर्न संविधान संशोधनका लागि प्रधानमन्त्री र कोशी प्रदेशका मुख्यमन्त्रीलाई बुझाउने विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरौला  कार्कीले बताइन्।