१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
Invalid date format १७:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीले डाइभर्सन बगाउँदा दुम्कीबासमा सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२o:oo

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १, दुम्कीबासको विनयी खोलामा बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

विनयी खोलामा एक्कासि आएको बाढीले डाइभर्सन बगाउँदा दिउँसो साढे ४ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। डाइभर्सन बगाएपछि दुवैतर्फ सडक अवरुद्ध भएको छ।

डाइभर्सन बगाएपछि रोकिएका यात्रुवाहक बस र हल्का सवारीसाधनलाई होङ्सी गेटबाट सर्दीको भित्री वैकल्पिक बाटो प्रयोग गरी डाइभर्ट गरिएको तथा मालवाहक सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ।

डाइभर्सन मर्मतका लागि समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए।