१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २३ शुक्रबार
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २३ शुक्रबार १४:२९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

सशस्त्र प्रहरीका गोताखोर बेपत्ता घटनामा गृहमन्त्रीद्वारा दुःख व्यक्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २३ शुक्रबार १४:२९:oo

गृहमन्त्री रमेश लेखकले सप्तरीस्थित सप्तकोशीमा सशस्त्र प्रहरी बल नेपालका दुई सशस्त्र प्रहरी जवान (गोताखोर) बेपत्ता घटनाबारे दुःख व्यक्त गरेका छन् ।शुक्रबार बिहान हल्चोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालय पुगेर गृहमन्त्री लेखकले उक्त घटना सम्बन्धमा विस्तृत जानकारीसमेत लिए।

उनले अभ्यासका क्रममा ज्यान गुमाएका राष्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको बताए। ‘शोकलाई शक्तिमा बदल्दै थप सचेत भएर काम गर्न आग्रह छ,’ गृहमन्त्री लेखकले भने, ‘खतराजन्य उद्धारमा खटिने जनशक्तिको जीवनबिमाबारे मन्त्रालयले थप कार्य गर्नेछ।’ 

उनले खतराजन्य उद्धारमा खटिने प्रहरी कर्मचारीको बिमालगायत विषयमा थप बजेटका लागि मन्त्रालयले प्रयास गर्ने बताए। उनले यसप्रकारका घटना पुनरावृत्ति नहुने गरी सबै कुराको यथेष्ट ध्यान पुर्‍याएर गर्नुपर्नेमा समेत जोड दिए।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १ स्थित कोशी नदीमा बिहीबार अपराह्न मनसुनजन्य विपतकाे पूर्वतयारी अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरी जवान हरदेव राजवंशी र सुरज साउद (गोताखोर) बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बलले घटनाबारे जानकारी दिँदै बेपत्तामध्ये हरदेवको शव आज बिहान घटनास्थलदेखि करिब तीन किलोमिटर तल स्थानीयले देखेपछि सशस्त्र प्रहरीलाई खबर प्राप्त भएको जनाइएको छ । अहिले हरदेवको शव परीक्षण प्रक्रियाका लागि राजविराज पुर्‍याइएको छ । मन्त्री लेखकले बेपत्ता जवान साउदको खोजीमा कुनै कसर बाँकी नराख्न आग्रह गर्दै त्यसका लागि प्रदेश सरकारसित पनि आवश्यक समन्वय गर्न निर्देशन दिए।

राजवंशी श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नं. गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए । घटनाबारे जानकारी लिन मन्त्री लेखकसँगै प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र निमित्त गृहसचिव जयनारायण आचार्य, मन्त्रालयको शान्तिसुरक्षा महाशाखाका सहसचिव रामचन्द्र तिवारीलगायतका अधिकारीहरू सशस्त्र प्रहरी प्रधान कार्यालय पुगेका थिए ।

छुटाउनुभयो की ?