
स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा रु. ७५ ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल रु. एक लाख ९३ हजार सात सय कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य रु. दुई हजार एक सय ५० निर्धारण भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार तीन सय ८९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।