१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २२ बिहीबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २२ बिहीबार २३:o८:oo
Read Time : < 1 मिनेट
समाचार

पतञ्जलीले अनुमतिबिना कसरी ल्यायो अबौं रकम ? सिआइबीले अनुसन्धान गर्ने  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २२ बिहीबार २३:o८:oo

पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनीले विदेशबाट ल्याएको पैसाको स्रोत नै शंकास्पद देखिएको छ । उसले कानून मिचेर अरबौं रकम नेपाल भित्राएको थियो । कालोधनलाई शुद्धीकरणको उदेश्यले नेपाल ल्याएर जग्गामा लगानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आशंका छ । 

बिहीबार पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको आयोगले यससम्बन्धि थप अनुसन्धान गर्न  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)लाई पत्राचार गरेको छ । कुनै निकायबाट अनुमति नलिई सो संस्थाले विदेशबाट पैसा ल्याएको आयोगको आशंका छ । आयोगको अभियोगपत्रमा भनिएको छ,‘पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनी नेपालले एसबीआई बैंक र एभरेष्ट बैंक लगायतका नेपामा  रहेको बैंक तथा वित्तिय संस्थामा गैरकानुनी तरिकाले व्रिपेषणमार्फत अबौं रकम प्राप्त गरे गराएको देखिएको, उक्त रकम प्राप्त गर्दा गराउदा नेपाल राष्ट्र बैंक, समाज कल्याण परिषद् लगायतको प्रचलित कानून बमोजिमको सम्बन्धित निकाय÷कार्यालयबाट अनुमति लिएको देखिदैन ।’ साथै उक्त रकमको खर्चको हर–हिसाब समेत नभेटिएको आयोगले जनाएको छ । जसमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४, विदेशी विनिमय ऐन २०१९ र राष्ट्र बैंक ऐन २०५८  प्रतिकुल हुने गरी कारोबार गरेको देखिएको भन्दै आयोगले सिआइबीलाई पत्राचार गरेको हो ।

विदेशबाट ल्याइएको रकमले सो संस्थाले विभिन्न जिल्लामा दुई हजार पाँच सय रोपनी जग्गा खरिद गरेको थियो । त्यसका लागि २१ वटा कम्पनी खडा गरेको समेत आयोगको अनुसन्धानमा खुलेको छ ।  अन्य कम्पनीका नाममा राखिएका जग्गाको विषयमा पनि आयोगले थप छानविन गर्ने भएको छ । 


 

छुटाउनुभयो की ?