१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
Invalid date format ११:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघले रामेछापका ८ स्थानीय तहले तीन अर्वमाथि बजेट दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२५:oo

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा रामेछापका ८ स्थानीय तहलाई  तीन अर्ब ३३ करोड २६ लाख रुपैयाँ बराबरको अनुदान प्रदान गर्ने भएको छ।संघले रामेछापका ८ वटा स्थानीय तहलाई विभिन्न शीर्षकमा उक्त रकम विनियोजन गरेको  हो। सशर्त अनुदानतर्फ दुई अर्ब ८ करोड ४७ लाख, समानीकरण अनुदानतर्फ एक अर्ब चार करोड ७८ लाख, विशेष अनुदानतर्फ पाँच करोड ७६ लाख र समपुरक अनुदानतर्फ १५ करोड २५ लाख बजेट छुट्याइएको छ । 

जिल्लाका दुई नगरपालिकाको लागि एक अर्ब १८ करोड २० लाख र ६ वटा गाउँपालिकाको लागि दुई अर्ब १५ करोड ६ लाख वजेट विनियोजन गरेको हो। संघीय सरकारवाट अनुदान रकम सबैभन्दा बढी पाउने मन्थली नगरपालिका रहेको छ भने सबैभन्दा कम रकम पाउनेमा गोकुलगंगा गाउँपालिका परेको छ। 

मन्थली नगरपालिकलो ६७ करोड १७ लाख रुपैयाँ अनुदान रकम पाउँदा गोकुलगंगा गाउँपालिकाले भने ३१ करोड ९८ लाख मात्रै प्राप्त गर्ने भएको छ। त्यसैगरी रामेछाप नगरपालिकाले ५१ करोड तीन लाख, खाँडादेवी गाउँपालिकाले ४४ करोड १४ लाख र लिखु तामाकोशी गाउँपालिकाले ३५ करोड ७३ लाख रुपैयाँ अनुदान पाउने भएका छन् । 

त्यसैगरी दोरम्बा शैलुङ गाउँपालिकाले ३४ करोड ६५ लाख, उमाकुण्ड गाउँपलिकाले ३४ करोड ६२ लाख र सुनापति गाउँपालिकाले ३३ करोड ९४ लाख अनुदान संघीय सरकारबाट प्राप्त गर्ने छन्। संघीय सरकारवाट प्राप्त वजेट स्थानीय तहले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य क्षेत्रमा खर्च गर्नेछन् । 
 

छुटाउनुभयो की ?