१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Friday, 06 June, 2025
२o८२ जेठ २१ बुधबार २२:o७:oo
Read Time : > 2 मिनेट
फिचर

उहिले बालविवाह, अहिले पश्चात्ताप

गीता र हस्ता भन्छन्–बालविवाहले हाम्रो जस्तो पश्चात्ताप छोराछोरीले भोग्नु पर्ने वातावरण बनाउने छैनौँ 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार २२:o७:oo

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म सामाजिक हानिकारक अध्यास बालविवाह, घरेलु हिंसा, महिनावारी विभेदजस्ता सामाजिक कारण अध्यास मुक्त गर्ने नेपाल सरकारको योजना रहेको छ । सोहीअनुरूप सरकारी तथा गैरसरकारी संघसंस्थाले सामाजिक कुरीतिविरुद्धमा अभियान सञ्चालन गर्दै आएका छन् । 

तिला गाउँपालिका साँपुल्ली गाउँकी गीता शाही ३२ वर्षकी भइन् । उनको १६ वर्षको कलिलै उमेरमा विवाह भएको थियो । जतिबेला उनी एक दुईपटक मात्र रजस्वला भएकी थिइन् । उनकी जेठी छोरी दिलमाया शाही अहिले १६ वर्षकी भइन् । जेठी छोरीपछि छोरा छन् । गीताकी जेठी छोरी दिलमाया एसइई परीक्षा दिएर नतिजाको प्रतीक्षामा छिन् । 

सानै उमेरमा विवाह गरेका कारण उनी अहिले पश्चत्तापमा छन् । त्यतिबेला पढ्न लेख्न पाइएन । अहिले कालो अक्षर भैँसी बराबर छ । माइतीको कमजोर आर्थिक अवस्थाका कारण बालविवाह, अशिक्षा र रोजगारीको अवसरबाट बन्चित हुनु परेकोमा अहिले उनी निकै पछुतोमा छिन् । उनले भनिन्, ‘देखासिखी, अशिक्षा, अभिभावकको करकापले सानैमा विवाह गरियो । अहिले सबै क्षेत्रबाट बन्चित भइयो ।’

अन्जानमा बालविवाह गरेर पश्चत्तापमा रहेकी गीता भुलेर पनि अरुलाई बालविवाह नगर्न सुझाउँदै आएकी छन् । आफ्ना बालबच्चाको पनि सानै उमेरमा विवाह नगर्ने पक्षमा छिन् । 

तातोपानी गाउँपालिका–३ लिताकोट गाउँका हस्त दमाई ४७ वर्षका भए । उनको पहिलो विवाह १३ वर्षमै भएको थियो । उक्त विवाह दीर्घकालिन भएन । डेढ वर्षमै टुट्यो । उनको दोस्रो विवाह २३ वर्षमा गरे । दोस्रो श्रीमतीबाट तीन छोरी एक छोरा छन् । दुई छोरीले विवाह भइसकेको छ । अहिले उनको साथमा १२ वर्षकी एक छोरी र १६ वर्षका छोरा छन् । 

आफूले सानै उमेरमा विवाह गर्दा पढ्न, लेख्न राम्रोसँग नपाएकोमा उनी दुःखी छन् । त्यसैले छोरीहरूलाई बालविवाह गर्न नदिएको उनी बताउँछन् । एसईइ पास र २० वर्ष पुगिसकेपछि मात्रै विवाह गरेकोको उनको भनाइ छ । उनले भने, ‘अब साथमा रहेका दुई सन्तानलाई पनि सानै उमेरमा विवाह गर्न दिन्न ।’ 

आफूले बालविवाह गरे पनि अरूलाई बालविवाह नगर्न आग्रह गर्दै आएको उनी बताउँछन् । बालविवाहका कारण जिन्दगीभर पश्चत्तापमा परेको उनले बताए ।

कनकासुन्दरी गाउँपालिका–६ लाहर्ज गाउँकी निरमाया हमालको भोगाइ भने बेग्लै छ । उनको २० वर्ष पुगिसकेपछि प्रेम विवाह भएको थियो । उनले पढ्दा पढ्दै बिहे गरिन् । तर अहिले बिचमै पढाइ छोडेर बिहे गरेकोमा निकै दुःखी छिन् । उनले भनिन्, ‘सँगैका साथी पढिरहेका छन् । कोही जागिरे पनि भए । म भने दुई बच्चाको आमा बनेँ । अहिले ठूलो पश्चात्ताप छ । अशिक्षा गरिबीले गर्दा बढ्दो वालविवाह रोक्न अब सबै जुट्नु पर्छ ।’

गाउँघरमा चेतनाको विकास भए पनि गरिबी अन्त्य नहुँदा विपन्नलाई उत्पादनसँग नजोड्दा वालविवाह ज्यूँका त्यूँ रहेको उनको भनाइ छ । वालविवाह न्यूनीकरणका लागि नीतिगत क्षेत्रमा जोड दिनुपर्ने उनले बताइन् ।

गीता, हस्त र निरमाया त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्ता पहिला बालविवाह गरेर अहिले पछुताउने गाउँ समाज धेरै छन् । सर्वाेदय विकासका लागि अभियान नेपाल (सर्बाेदय नेपाल) जुम्लाकी अध्यक्ष नारायणी चौलागाई भन्छिन्–अहिले हामी सामाजिक कुरितिविरुद्धको अभियानमा छाँैँ । मेरो पनि सानै उमेरमा विवाह भएको हो । त्यतिबेला बुझिएन । अहिले बुझ्ने अवस्थामा छौँ । अब पछुताउनुको विकल्प छैन ।

गुठीचौर, तातोपानी र तिला गाउँपालिकाका दुर्गम गाउँ बस्तीमा महिला शसक्तिकरण लागि दिगो विकास कार्यक्रम सञ्चालन गर्दै आएको सर्वाेदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमलराज खत्रीले बताए । उनले भने, ‘कुरितिको सिकारमा सबैभन्दा किशोरी महिला परेका छन् । महिला किशोरीलाई नै सशक्तिकरण गर्ने उद्देश्यले गाउँ बस्तीमा किशोरी क्लव नै गठन गरी कार्यक्रम सञ्चालन गरेका छौँ ।’ 

हिमा गाउँपालिकाका सबै वडा वालविवाहमुक्त भएका छन् । १–७ वडा बालविवाहमुक्त गरिएको हो । सातै वडा र वडाभित्र पर्ने सबै बस्ती बालविवाहमुक्त भइसकेकाले समग्र गाउँपालिकालाई संघीय सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह साडुको उपस्थितिमा हालै बालविवाहमुक्त घोषणा गरिएको पालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । 

 

 

छुटाउनुभयो की ?