१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २१ बुधबार २१:४५:oo
Read Time : < 1 मिनेट
अर्थ

‘टेक एन्ड पे’ को विषयलाई संशोधन गर्ने गरी छलफल भइरहेको छ : ऊर्जामन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार २१:४५:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बैँक तथा वित्तीय संस्थाले ‘टेक एन्ड पे’ को विषयलाई लिएर जलविद्युत् क्षेत्रमा लगानी नगर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।

अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चुला पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको मध्य चमेलिया (२८.३ मेवा) जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन समारोहलाई सम्बाेधन गर्दै उनले बजेटमा राखिएको ‘टेक एन्ड पे’ को विषयलाई लिएर लगानी नगर्नुपर्ने कुनै कारण नभएको बताएका हुन् । ‘बजेटमा ‘टेक एन्ड पे’ को शब्दले प्रवेश पाएपछि वित्तीय व्यवस्थापन कसरी होला भन्ने चिन्ता लिनुभएको होला, नआत्तिईकन लगानी गर्नुहोस्, उक्त प्रस्ताव ऊर्जा मन्त्रालयको होइन, सो प्रस्तावलाई संशोधन गर्न अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ,’ मन्त्री खड्काले भने । 

ऊर्जामन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको र उक्त लक्ष्यलाई पूरा गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । ‘उत्पादन गर्नुपर्ने स्रोत हामीसँग छ, बजार हामीसँग छ, लगानी किन नगर्ने ?’ उनले भने । 

उनले छिमेकी मुलुक भारतसँगै नेपालले पहिलोपटक भारतीय प्रसारण लाइन हुँदै बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात थालनी गरेको र आगामी दिनमा यसलाई झन् बढाउन सकिने बताए । भारतसँग छलफल गरेर बंगलादेशको प्रसारण लाइन पनि विस्तार गर्ने गरी सरकार लागिरहेको उनको भनाइ छ। 

छुटाउनुभयो की ?