१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
नयाँ पत्रिका खाँदबारी
Invalid date format १५:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीले हाइड्रोपावरको बाँध बगायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, खाँदबारी
नयाँ पत्रिका
Invalid date format १५:o५:oo

अविरल वर्षासँगै आएको बाढीले संखुवासभाको भोटखोला गाउँपालिका– ४ स्थित वाङखोलामा रहेको माइक्रो हाइड्रोपावरको बाँध बगाएको छ । आज भोटखोलाको गोलामा रहेको आठ किलोवाट क्षमताको उक्त साना जलविद्युत् आयोजनाको मुख्य मुहान बाढीले पूर्णरूपमा क्षतिग्रस्त गरेको हो ।

प्रहरीका अनुसार बाँध बगाउँदा करिब रु. ३३ लाखबराबरको क्षति भएको अनुमान गरिएको छ । घटना विकट भेगमा परेकाले प्रहरी टोली पैदलमार्ग हुँदै घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न दुई दिन लाग्ने भएकाले थप विवरण संकलनमा केही समय लाग्ने बस्नेतले बताए । थप क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो की ?