
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै खालका जातीय भेदभाव र छुवाछुतको विभेद समूल अन्त्य हुनुपर्ने बताएका छन्। १९औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले न्याय, समानता र समावेशिताको आधारमा सामाजिक एकता तथा सहिष्णुताको विकास गर्नु आजको आवश्यकता भएकाले सबैखाले जातीय विभेद तथा छुवाछुतको पुर्ण रूपमा उन्मूलन हुनुपर्ने बताएका हुन्।
मुख्यमन्त्री कार्कीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकांक्षा पूरा गर्न विभेद र विकृतिपूर्ण संस्कारको अन्त्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसले सबैलाई न्यायपूर्ण, समतामूलक, सुसंस्कृत र विभेदरहित समुन्नत राष्ट्र निर्माणतर्फ प्रेरित गर्ने मुख्यमन्त्री कार्कीको विश्वास छ।
०६२/६३ को ऐतिहासिक जनआन्दोलनको जगमा हामीले प्राप्त गरेका उपलब्धिहरूलाई संस्थागत गर्ने क्रममा समाजिक एकताका लागि जातीय छुवाछुत उन्मूलन गर्ने राष्ट्रिय संकल्पसहित जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको हो।