१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१४:oo
Read Time : < 1 मिनेट
समाचार

टोखामा खानेपानी आयोजना बनाउँदा रुख काटेको विवाद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१४:oo

टोखा नगरपालिकामा खानेपानी आयोजना बनाउँदा धार्मिक वनको रुख काटेर अनधिकृत संरचना बनाएको भन्दै उजुरी परेको छ । वडा नम्बर ६ मा खानेपानी डिप बोरिङ आयोजनाको ट्यांकीलगायत संरचना बनाउँदा विवाद भएको हो। 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नम्बर ५ भक्तपुरले सो आयोजनाका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। स्थानीय धार्मिक वनमा उपभोक्ता समितिमार्फत आयोजना बनाउन लागिएको हो। जसक्रममा धार्मिक वनको रुखहरू काटेर अनधिकृत संरचना बनाउन लागिएको भन्दै केही स्थानीयले डिभिजन वन कार्यालय, काठमाडौंलगायत निकायमा उजुरी गरेका छन्। 

वडा नम्बर ६ की उपाध्यक्ष शान्ता खनाल भने आयोजना बनाउँदा रुख नकाटिएकी बताउँछिन्। ‘हामीले रुख काटेका छैनौँ, खाली ठाउँमा ट्यांकी बनाउन लागिएको हो,’ उनले भनिन्, ‘यो क्षेत्रमा खानेपानीको ठुलो समस्या छ, १४ सय परिवारलाई पुग्ने गरी सो खानेपानी आयोजना अघि बढेको हो, उजुरी परेकै आधारमा रोकिन्न।’ स्थानीयकै हितमा हुन लागेको काम भएकाले यसमा विवाद आवश्यक नभएको उनको भनाइ छ। 

यसअघि डिभिजन वन कार्यालयले सो विवादमा स्थलगत अनुगमन गरेको थियो। जसक्रममा वन उपभोक्ता समितिको कार्यविधिमा यस्तो आयोजना बनाउन दिने प्रावधान नभएपछि  संशोधन गरी खानेपानी आयोजना सञ्चालन गर्न पाइने प्रावधान  राखिएको थियो। कार्यविधि संशोधनपछि पुनः काम अघि बढेको छ। तर, धार्मिक वन मासेर अनधिकृत निर्माण विषयमा कारबाही नभएको भन्दै फेरि उजुरी परेको छ। 

डिभिजन वन कार्यालय, काठमाडौंका प्रमुख पुष्पराज बर्ताैला वन मासिएको विषयमा उजुरी परेको र वन समितिले कार्यविधि संशोधन गरी हाल काम अघि बढाएको बताउँछन्। ‘उजुरी आएको छ, तर विवाद समाधान भइसकेको छ,’ उनले भने। 

छुटाउनुभयो की ?